२ जेष्ठ २०८१, बुधबार

चरेशसहित एक जना पक्राउ



धनगढी । नेपाल प्रहरीले सात किलो लागूऔषध चरेशसहित कैलालीको गोदावरी नगरपालिकाबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ ।
७ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) बाट खटिएको टोलीले गोदावरी नगरपालिकाको अत्तरिबाट शनिबार जयपृथ्वी नगरपालिका–८, बझाङका पदमबहादुर बोहोरालाई नियन्त्रणमा लिएको हो ।
आरआइटीका प्रमुख केशव जोशीका अनुसार बसपार्क नजिकैको होटेलबाट पक्राउ परेका बोहोराको साथबाट सात केजी चरेस बरामद गरिएको छ । पक्राउ परेका बोहोरालाई प्रहरी कार्यालय, मालाखेतीमा राखिएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार