२ जेष्ठ २०८१, बुधबार

चाटर्ड एकाउण्टे बारे जानकारी



धनगढी । काठमाडौंस्थित सानोतना कलेजले सञ्चालन गरेको चाटर्ड एकाउण्ट विषयबारे शनिबार धनगढीमा जानकारी दिइएको छ ।
कलेजले विगत चार वर्षदेखि चाटर्ड इन्स्टिच्युट अफ मेनेजमेण्ट एकाउण्टेण्ट (सिआईएमए) विषयमा अध्यापन गराउँदै आएको छ ।
कलेजका डाइरेक्टर सुनन्द रेग्मी र सुदीप चालिसेले विश्वभरी एक सय ८० देशमा मान्यता पाएको यो विषय चार वर्ष यता नेपालमा पनि अध्यापन शुरु गरिएको बताए । डाइरेक्टर रेग्मीका अनुसार सान्त्वना कलेजमा चार वर्षे कोर्षका लागि छ लाख रुपैयाँ पढाई शुल्क रहेको छ । यो विषय +२ को परीक्षा लगतै र नतिजा आउनु अगावै कक्षा सञ्चालन हुने छ ।
कार्यक्रमको सहकार्य शारदा माध्यामिक विद्यालयका शिक्षक तीर्थ राज पाण्डेयले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार