१९ फाल्गुन २०८०, शनिबार

हसनपुर–खुटिया सडक मर्मतका लागि आन्दोलन



धनगढी । धनगढीको हसनपुरदेखि खुटियासम्मको जीर्ण सडकको तत्काल मर्मतको माग राख्दै स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका छन् ।
स्थानीयवासीले हसनपुर–खुटियाको जीर्ण सडकका कारण यातायात सञ्चालनमा निकै समस्या आएको तथा सडक वरपरका वस्तीका वासिन्दाले सास्ती भोग्दै आएका छन् ।
स्थानीयले बिहीबार सडक मर्मतको माग गर्दै दुई घण्टासम्म ढुंगे बजारमा यातायात सञ्चालनमा रोक लगाएका थिए ।
उनीहरूले सडक मर्मत सहित पाँच बुँदे माग प्रस्तुत गरेका छन् ।
केही वर्ष अघि जिल्ला विकास समितिबाट निर्माण भएको हसनपुर–खुटिया सडक सञ्चालन भएको केही दिनमै बिग्रिएको थियो ।
राजमार्गबाट धनगढी जोड्ने छोटो सडक भए पनि पुरै सडक बिग्रिएकाले सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार