अपाङ्गता भएका विद्यार्थीलाई खाद्य सामग्री वितरण
धनगढी । सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई बिहीबार खाद्य सामग्री वितरण गरिएको छ ।
धनगढीस्थित ग्यालेक्सी माध्यामिक विद्यालयका विद्यार्थीहरूले गठन गरेको ग्यालेक्सी परोपकारी फाउण्डेसनले समावेशी आधारभूत विद्यालयका शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूलाई खाद्य सामग्री उपलब्ध गराएको जनाइएको छ ।
ग्यालेक्सीका विद्यार्थीहरूले संकलन गरेको १२ हजार रुपैयाँ बढी रकमबाट चामल, दाल, तेल लगायतका खाद्य सामग्री खरिद गरी वितरण गरिएको थियो ।
परोपकारी फाउण्डेसनका अध्यक्ष आनन्द बिष्ट, शिक्षकहरू छत्रराज पण्डित, राजकुमार महतौ तथा विद्यार्थीहरूले समावेशी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिष साउँदलाई सो खाद्य सामग्री प्रदान गरेका थिए ।
सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउँदले विद्यालय बाहिर रहेका शारीरिक अपाङ्गता भएका ४० जना विद्यार्थीले अध्ययन गरिरहेको बताए ।