करण थापा हत्या घटना : आरोपीलाई भोलि अदालतमा पेस गरिने



धनगढी । कैलालीको टीकापुरका भएको करण थापा हत्या घटनामा संलग्न रहेको आरोपमा काठमाडौंबाट पक्राउ गरिएका दुई जनालाई भोलि (बुधबार) कैलाली जिल्ला अदालतमा पेस गरिने भएको छ ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाएको छ ।
मंगलबार काठमाडौंबाट धनगढी पुर्‍याइएका टीकापुरका सन्दीप रावल र सागर पाण्डेयलाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा म्याद थपका लागि पेस गरिने कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरूलाई सोमबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको थियो ।
कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले हत्यामा प्रयोग भएको खुकुरी फेला पार्न नसकिए पनि घटनाका केही महत्त्वपूर्ण प्रमाण फेला पारेको बताए ।

प्रतिक्रिया दिनुहोस्