१२ श्रावण २०८१, शनिबार

सरस्वतीको अभिभावक दिवस



धनगढी । कैलाली उपमहानगरपालिका वडा नम्बर १ शान्तिनगरस्थित सरस्वती आधारभूत विद्यालयको शनिबार ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भएको छ ।
कार्यक्रमको एक समारोहबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण विकको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नगर प्रमुख वड, वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी, धनगढी आधारभूत माध्यामिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्ट, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेशदेव पार्की, नरबहादुर विक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमराज जोशीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा लगिने योजना प्रस्तुत गरे ।
विद्यालयकी शिक्षिका प्रकृति जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मण टमटा र पुष्पा भट्टले गरेका थिए ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेशदेव पार्की, नरबहादुर विक, शिक्षक महेश्वरी सिंह, पूर्व शिक्षक भजन शाह, विष्णुराज जोशी र देवबहादुर कामीलाई सम्मान गरियो ।

दीपेन्द्र स्मृति अक्षय कोष स्थापना
सरस्वती आधारभूत विद्यालयमा अध्यापनरत शिक्षिका बाशु बम स्वाँरले आफ्नो छोराको स्मृतिमा दुई लाख रुपैयाँको अक्षया कोष स्थापना गरेकी छन् ।
विद्यालयको वार्षिकोत्सवका अवसरमा शनिबार शिक्षिका स्वाँरले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी स्वर्गीय छोरा दीपेन्द्रको स्मृतिमा अक्षय कोषको सथापना गरिएको बताइन् ।
विद्यालयका प्रधानाध्यापक पदमराज जोशीले अक्षय कोषबाट प्राप्त हुने व्याज रकमबाट विद्यालयको वार्षिकोत्सवका दिन जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिमार्फत पुरस्कार वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार