२ माघ २०८१, बुधबार

राष्ट्रपतिबाट संविधानविपरित व्यवहार– तरुण दल



धनगढी । नेपाल तरुण दलले काँग्रेस नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगरेर राष्ट्रपतिबाट संविधानको मर्म र भावना विपरित काम भएको आरोप लगाएको छ ।
तरुण दलले बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाएको ज्ञापनमा आलंकारिक भूमिकामा रहनुपर्ने राष्ट्रपतिले आफ्नो भूमिकालाई बेवास्ता गर्दै सरकार पिच्छे फरकफरक व्यवहार गर्न खोजेको आरोप लगाएको छ ।
पूर्ववर्ति सरकारले संविधान बमोजिम नै राष्ट्रिय सभा सदस्यमा तीन जनाको नाम सिफारिस दावी गर्दै तरुण दलले त्यसलाई अनुमोदन नगर्नु संविधानको भावना विपरित भएको बताएको छ ।
तरुण दलले बुझाएको ज्ञापनमा संविधानको धारा ८६ को उपधारा २ को ‘ख’ बमोजिम तत्कालीन सरकारले गरेको सिफारिसलाई बेवास्ता गरी असंवैधानिक तवरले गतिविधि अघि बढाई सक्रिय हुन खोजेको भन्दै निन्दा र भ्रत्र्सना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार