२ माघ २०८१, बुधबार

प्रधामन्त्री कप महिला क्रिकेट : एपिएफ र मध्यमाञ्चल सेमिफाइनलमा



धनगढी । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टीम एपिएफ र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् ।
पश्चिमाञ्चल टिम दुवै खेलमा हार व्यहोरेर प्रतियोगितावाट बाहिरिएको छ । घरेलु टोली सुदूरपश्चिम पनि एक खेलमा विजयी हुँदै सेमिफाईनल पुगेको छ ।
बिहीबार भएको पहिलो खेलमा समूह ‘ए’ मा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजीत गर्‍यो ।
टस हारेर व्याटिङको निम्तो पाएको मध्यमाञ्चलले २० ओभरमा चार विकेट क्षतिमा एक सय १३ रन बनायो ।
मध्यमाञ्चलका सीता श्रेष्ठले ४५ बलमा ४९ रन बनाइन् । त्यस्तै कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रनको योदान दिइन् ।
२० रनमै दुई विकेट गुमाएर धरमराएको मध्यमाञ्चलको पारीलाई कञ्चन र सीताको ८२ रनको साझेदारीले सम्हालेको थियो ।
एक सय १४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको पश्चिमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउँदै ६९ रनमा समेटियो ।
पश्चिमाञ्चलका नितु भण्डारीले १० र वर्षा रानाले ८ रन बनाए ।
पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा अश्विनी कर्माचार्य र आरती विराडीले २/२ विकेट लिए ।
सो खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सीता श्रेष्ठ भइन् ।
दोश्रो खेलमा समूह ‘बी’ मा रहेको एपिएफले पूर्वाञ्चललाई चार विकेटले पराजीत गर्‍यो ।
टस जितेर व्याटिङ गरेको पुर्वाञ्चलले २० ओभरमा ५ विकेट क्षतिमा ६४ रन मात्रै बनाउन सक्यो ।
पूर्वाञ्चलका रुवीना क्षेत्रीले २७ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । एपीएफकी सोनु खड्काले दुई विकेट लिइन् ।
६५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको विभागीय टोली एपीएफले निकै खराव सुरुवातबीच चार विकेटको जीत प्राप्त गर्‍यो । पूर्वाञ्चलकी कप्तान क्षेत्रीको कसिलो र घातक बलिङले एपिएफको सुरुवात निकै धरमराएको थियो ।
सात रनमै ५ विकेट गुमाएको एपीएफको पारी करुणा भण्डारी र ममता चौधरीले छैटौं विकेटका लागि २२ रनको साझेदारी गरी सम्हालेकी थिइन् ।
सातौं विकेटका लागि भण्डारीसँग ईन्दु बर्माले ३७ रनको साझेदारी गर्दै एपीएफलाई जीत दिलाइन् ।
उनीहरू तीनै जनाले १६/१६ रन बनाएका थिए । पूर्वाञ्चलकी रुवीनाले तीन विकेट लिइन् । सो खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच एपीएफकी करुणा भण्डारी भइन् ।
प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) पहिलो खेल पूर्वाञ्चल र मध्यपश्मिाञ्चल र दोस्रो खेल सुदूरपश्चिम र मध्यमाञ्चल बीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार