कार्यकर्ता रिहाई नभए चरणवद्ध आन्दोलन– नेता पुन



धनगढी । नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लव समूह) ले आफ्ना कार्यक्रता रिहाई नगरे चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।
बिहीबार नेकपा माओवादी कैलालीले धनगढीमा आयोजना गरेको वर्तमान राष्ट्रिय परिस्थिति, तथा संकट समाधान विषयक अन्तरक्रियामा माओवादीका सेतीमहाकाली इञ्चार्ज ओमप्रकाश पुनले ओली सरकारले शुरुमै तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए ।
उनले ओली सरकारले जनताको स्वतन्त्रपूर्वक बोल्न पाउने तथा शान्तिपूर्वक कार्यक्रम गर्न पाउने मौलिक अधिकारमाथि पनि आक्रमण गरेको आरोप लगाए ।
कार्यक्रममा केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सेनाले सरकारले देशलाई जबरजस्ती युद्धतर्फ धकेल्न खोजेको आरोप लगाए ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष तथा नेकपा माओवादी क्रान्तिकारीका बुद्धिमान अधिकारीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन गणेश ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्