११ श्रावण २०८१, शुक्रबार

मोटरसाइकल ठक्करबाट एकको मृत्यु



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका–१, झगडपुरमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
से १ प ३७७६ नम्बरको मोटरसाइकलको ठक्करबाट झगडपुरकी ५५ वर्षिया जमुना सुनारको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक युराज ताम्राकार प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी बौनियाका ईञ्चार्ज रामचन्द्र पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार