१२ श्रावण २०८१, शनिबार

मोहन्याल प्राकृतिक स्रोतमा धनी– मन्त्री सोडारी



मोहन्याल । सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले मोहन्याल गाउँपालिका भौगोलिक रुपमा विकट भए पनि प्राकृतिक स्रोतसाधनका दृष्टिले धनी भएको बताएका छन् ।
सोमबार मोहन्याल गाउँपालिका स्तरीय खेलकुद कार्यक्रमको उद्घाटन गर्नै मन्त्री सोडारीले मोहन्यालमा भएका प्राकृतिक स्रोतसाधनको समुचित उपयोगका लागि पहल गरिने बताए ।
कार्यक्रममा प्रदेश सांसद रतन थापा, गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवा, लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई, टीकापुर नगर प्रमुख तपेन्द्र रावल, गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगर उपप्रमुख प्रेमकुमारी थापा लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय माध्यामिक विद्यालय सोल्टा स्रोतकेन्द्र स्तरीय खेलकुद कार्यक्रममा मोहन्याल गाउँपालिकाका ५२ वटा विद्यालयको सहभागिता रहेको छ ।
उद्घाटन समारोह मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार