२ माघ २०८१, बुधबार

नवजीवनको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी



धनगढी । नवजीवन कोअपरेटिभ्स लिमिटेडको अध्यक्षका लागि आइतबार तीन जनाले मनोनयन गरेका छन् ।
निर्वाचन चैत १० गते हुने जनाइएको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रतन कठायत तथा चक्रबहादुर सिंह र ईश्वरप्रसाद जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, उपाध्यक्ष पदका लागि गोविन्दराज जोशी र देवबहादुर मल्लले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सदस्यमा २२ जनाले नाम दर्ता गराएका छन् । लेखा समिति संयोजकका लागि चेतराज जोशी र जयराज जोशीको उम्मेदवारी परेको निर्वाचन उपसमितिको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, लेखा समिति सदस्यमा ईश्वरबहादुर सिंह, गिरीराज कडायत, गोपीलाल चौधरी र लक्ष्मीराज पन्तले नाम दर्ता गराएका छन् । जिल्ला प्रतिनिधिमा गौरीकुमार लामा र चेतमान साउँद उम्मेदवार रहेका छन् ।
भोलि (मंगलबार) सम्म उम्मेदवारी फिर्ताको मिति तय गरिएको छ । नवजीवनमा १७ हजार दुई सय ३४ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार