२ माघ २०८१, बुधबार

संसदीय रिपोर्टिङसम्बन्धी अभिमुखीकरण



धनगढी । कैलालीको धनगढीमा शुक्रबारदेखि संसदीय रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण शुरु भएको छ । स्थानीय सञ्चारमाध्यमका सम्पादक तथा समाचार प्रमुखहरूलाई लक्षित गरी आयोजित अभिमुखीकरण दुई दिनसम्म सञ्चालन हुने छ ।
कार्यक्रमको प्रदेश नम्बर ७ का प्रमुख सचिव लक्ष्मीराम पौडेलले उद्घाटन गरे । सो अवसरमा प्रमुख सचिव पौडेलल नेपालका लागि प्रदेश शासन नितान्त नौलो अभ्यास र संरचना भएकाले यसलाई सफल बनाउन सञ्चारमाध्यम तथा सञ्चारकर्मीले अझ बढि गम्भीर र संवेदनशील भएर काम गर्न आग्रह गरे ।
उनले पत्रकारको जिम्मेवारी र भूमिका बढेकोले पेशागत निष्ठा जोगाउन अझ गम्भीर हुनुपर्ने बताए ।
प्रदेश प्रमुख सचिव पौडेलले संसदीय रिपोर्टिङ जस्तो गहन विषयमा अझ बढी जिम्मेवारपूर्ण ढंगले समाचार संकलन तथा सम्प्रेषण गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउलेले संसदको तथ्यपूर्ण तथा प्रभावकारी रिपोर्टिङले नै संसदीय अभ्यासलाई बलियो बनाउँदै जाने चर्चा गरे ।
उनले हचुवाका भरमा संसदीय रिर्पोटिङ गर्दा विश्वसनीयता गुम्ने भएकोले बास्तविकता बुझेर मात्र रिपोर्टिङ गर्नुपर्ने बताए ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजनामा सञ्चालित तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष जगत साउँदले उपयुक्त समय तथा विषयमा सञ्चालित अभिमुखीकरणले तल्लो तहसम्म संसदीय रिपोर्टिङको विकास हुने अपेक्षा गरे ।
कार्यक्रममा स्थानीय पत्रिका तथा एफएमका सम्पादक तथा समाचार प्रमुख गरी २० जनाको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष प्रकाशबिक्रम शाहको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक मनमोहन स्वाँरले प्रदेश नम्बर ७ र ५ मा स्थानीय तथा प्रदेश शासनका विविध पक्ष, राज्य पुनर्संचरनापछिका सवाल, संसदीय अभ्यास लगायतका विषयलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।
कार्यक्रमको संस्थाका कोषाध्यक्ष श्रवण देउवाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार