११ श्रावण २०८१, शुक्रबार

सशस्त्र प्रहरी बल विजयी



फूलवारी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ डीगाउँस्थित फूलवारीमा जारी फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल, बैद्यनाथ बाहिनी, अत्तरियाले जितेको छ । शिवशक्ति युवा क्लवको अयोजनामा सो प्रतियोगिता सञ्चालन भएको थियो ।
शुक्रबार भएको खेलमा सशस्त्र प्रहरी टिमले सी गाउँको सागर युवा क्लवलाई सून्यका विरुद्ध चार गोलले पराजित गर्‍यो ।
जीतसँगै सशस्त्र प्रहरी टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।
खेलको ४१ औं मिनेटमा शसस्त्र प्रहरीका ईश्वर चौधरीले पहिलो गोल गरेका थिए । दोश्रो हाफमा बादल पाख्रिनले तीन गोल गरे ।
शिवरात्रिको अवसरमा माघ २६ गतेदेखि सञ्चालन भएको भएको प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता समापनका अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विजेता टिमलाई पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार