गोदावरीमा आजदेखि चंगाई महोत्सव हुँदै



धनगढी । कैलालीको गोदावरीमा आजदेखि चंगाई महोत्सव हुने भएको छ । सुदूरपश्चिम क्रिष्टियन समाज र अत्तरिया ईसाई समाजको संयूक्त आयोजनामा तीन दिनसम्म महोत्सव सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मान्छे–मान्छेबीच आत्मीयता र मानसिक शान्ति बृद्धि गर्न महोत्सवको आयोजना गरिन लागेको मुल आयोजक समितिका अध्यक्ष पिटर रसाईलीले जानकारी दिए ।
महोत्सवमा विभिन्न सांस्कृतिक नाँचसहित गायक भोजराज भट्ट र हास्य कलाकार सोलेमन शंकरको विशेष प्रस्तुति रहने उनले बताए । त्यस्तै, भारत आसामका डाक्टर बुलन दत्तको प्रवचन रहने जनाइएको छ ।
महोत्सव सञ्चालनमा सात लाख रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा आठ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्