फूलवारीमा ज्येष्ठ नागरिक भवनको शिलन्यास



धनगढी । धनगढी उपमहानगरपालिकाको फूलवारीमा ज्येष्ठ नागरिक भवनको शिलन्यास गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भवनको आज शिलन्यास गरेका हुन् ।
ज्येष्ठ नागरिक फूलवारीले देउसीभैलो र चन्दाबाट संकलन गरेको रकम, फाया नेपाल र धनगढी उपमहानगरपालिकाको सहयोगमा निर्माण हुन लागेको छ ।
फूलवारी ज्येष्ठ नागरिक समूहका अध्यक्ष होमप्रसाद गौतमको अध्यक्षतामा भएको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट, वडा नं १, १४, १८ र १९ का वडा अध्यक्ष तथा फाया नेपालका अध्यक्ष शेरबहादेर बस्नेत लगायत ज्येष्ठ नागरिक तथा अन्य समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्