३ आश्विन २०८१, बिहीबार

सुरक्षित आप्रवासन सम्बन्धि अन्तरक्रिया



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सोमबार जनप्रतिनिधिहरूसँग सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया भएको छ ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया भएको थियो ।
कार्यक्रम बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा सामीका जिल्ला संयोजक पञ्चराम चौधरीले वैदेशिक रोजगारी र आप्रवासनको अवस्थाबारे चर्चा गरेका थिए ।
जिल्ला संयोजक चौधरीले सामी परियोजनामार्फत हालसम्म २१ हजार बढी व्यक्तिलाई सूचना तथा परामर्श प्रदान गरिएको बताए ।
उनले कैलालीमा बैदेसिक रोजगारीका क्रममा ठगिएका तथा दु:ख पाएका मध्ये एक सय ३५ घटनाका पीडितहरूलाई न्याय दिलाइएको बताए ।
कैलालीमा पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्यामा बृद्धि आइरहेको छ । बर्दगोरिया गाउँपालिकाबाट मात्रै आठ सय बढी जना वैदेशिक रोजगारीमा गएको पाइएको छ । संयोजक चौधरीले तीमध्ये १३ जनाले मात्रै सीपमुलक तालिम लिएर वैदेशिक रोजगारीमा गएको पाइएको बताए ।
बर्दगोरियाबाट वैदेशिक रोजगारीमा गएका मध्ये आठ जनाले ठगीको
सिकार हुनु परेको र तीमध्ये चार जनाले क्षतिपूर्ति पाएको र दुई जनाको मुद्दा चलिरहेको बताए ।
कार्यक्रमको सञ्चालन सुरक्षित आप्रवासन कार्यक्रम सयोजक एकिन्द्र तिमिल्सेनाले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार