१२ श्रावण २०८१, शनिबार

शिवपुरीमा महायज्ञको तयारी पूरा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ धाममा आयोजना हुने शिवरात्रि दर्शन मेला र महायज्ञको तयारी पूरा भएको छ ।
शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ धाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा धामका अध्यक्ष श्याम तायलले शिवरात्रि मेला र महायज्ञको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
आज महाशिवरात्रि पर्व मनाइएपछि भोलि (बुधबार) देखि श्रीमद्देवी भागवत प्रवचन तथा प्राण प्रतिष्ठा महायज्ञ सञ्चालन हुने अध्यक्ष तायलले बताए ।
उनले मञ्च व्यवस्थापन तथा महायज्ञका लागि आवश्यक सबै
तयारी पूरा भएको बताए । धामका वरिष्ठ उपाध्यक्ष बलदेव भट्टले दर्शनार्थीहरूलाई मेला दर्शन तथा पूजाअर्चनाका लागि सहज होस् भन्ने उद्देश्यले व्यवस्थापन पक्ष चुस्त बनाइएको बताए ।
आज शिवरात्रिको अवसरमा बिहानैदेखि पूजाआजाको व्यवस्था मिलाइको छ । महायज्ञमा नेपाल र विदेशका गरी दुई लाख बढी दर्शनार्थी आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार