३० आश्विन २०८१, बुधबार

आज महाशिवरात्रि



काठमाडौं । आज महाशिवरात्रि पर्व । हिन्दू धर्मावलम्वीहरूले परापूर्वकालदेखि मनाउँदै आएको एक विशिष्ट र विशेष धार्मिक पर्व ।
महाशिवरात्रिमा आराध्यदेव भगवान शिवको धुमधामका साथ उपसना तथा पूजाअर्चना गर्ने गरिन्छ । नेपाल, भारतसहित विश्वभरीका हिन्द्रहरूले धुमधामका साथ महाशिवरात्रि पर्व मनाउने गरेका छन् ।
महाशिवरात्रिको अवसरमा नेपालका विभिन्न स्थानमा रहेका भगवान शिवजीका मठमन्दिरहरूमा सन्तफकिर, जोगी, बाबाजीहरूको भीड लाग्ने गरेको छ ।
महाशिवरात्रिका दिन सम्पूर्ण व्रतालुहरूले बिहान नुहाई धुवाई गरी माधवनारायण र शिवको आराधना गर्ने गर्दछन् । भक्तजनले ११ महिनासम्म माधवनारायणको मूर्तिलाई छुन
पाउँदैनन् । माधवनारायणको मूर्ति ब्रम्हपुरमा रहँदा त्यहाँको मूल पूजारी एक जना बाहेक उनका अन्य परिवारजनले समेत सो मूर्तिमा छोएर पूजा गर्न सक्तैनन् । यो परम्परा हालसम्म कायम रहिरहेको छ ।
यस दिन कजी अर्थात् व्रत नाईकेको घरबाट सारुक्वलां पूजा जानुपर्ने परम्परा रही आएको छ । सो पूजा साधुस्मशान अर्थात् लफ्सेफेदीको महादेव झ्वाल्ला नजिकैको स्मशानमा गई पूजा एवं सर्पाहुती होम गर्नुपर्ने हुन्छ । उक्त पूजा होमको लागि पहिले पहिले भए भक्तपुरबाटै आचार्य पुरोहित आएर पूजाआजा सम्पन्न गर्दथ्यो भने हाल साँखुकै गुरुजु पुजारीले सो कार्य सम्पन्न गर्दछन् ।
त्यस्तै, महाशिवरात्रिलाई मध्यनजर गर्दै काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ । सहप्रवक्ता मुकुन्द मरासिनीका अनुसार महाशाखाले गौशाला हुँदै ओहोरदोहोर गर्ने गाडीलाई पूर्णरूपमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार