१४ कार्तिक २०८१, बुधबार

५० मेगावाट जलविद्युत योजना सुरु गर्न माग



धनगढी । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले प्रदेश नम्बर ७ मा जनताको लगानीमा १० देखि ५० मेगावाट सम्मका जलविद्युत आयोजना निर्माण गर्न माग गरेको छ ।
शनिबार धनगढीमा समापन भएको युनियानको दशौं केन्द्रीय सभाले यस क्षेत्रका जनता र नेपाल विद्युत प्राधिकरणका कर्मचारीको सहभागितामा आयोजा शुरु गर्न माग गरिएको छ ।
युनियनलको केन्द्रीय सभाले राज्यको लगानीमा नै बुढीगण्डकी जलविद्युत आयोजना पनि तत्काल शुरु गर्न माग गरेको छ ।
युनियनका अध्यक्ष रामेश्वर पौडेलले प्रदेश नम्बर ७ मा जलविद्युतको निकै सम्भावना रहेकोले राज्यले लगानी बढाउनु पर्ने बताए ।
युनियनले विभिन्न जलविद्युत आयोजना विदेशी कम्पनीहरूलाई निर्माण ठेक्का दिने प्रवृत्तिको विरोध गरेको छ । युनियनले सरकारले हालसालै गरेको भोटेकोशी र माथिल्लो त्रिशुल्ली–१ को विद्युत खरिद सम्झौता बदर गर्न माग गरेको छ ।
त्यस्तै, निर्माणधिन माथिल्लो तामाकोशी र चिलिमेका सहायक कम्पनीहरू यथासिघ्र निर्माण सम्पन्न गर्न माग गरिएको छ ।
केन्द्रीय सभाले प्राधिकरणका कर्मचारीहरूको उपदान वा पेन्सन रोजेर अवकास लिन पाउने व्यवस्था गर्न माग गरेको छ ।
केन्द्रीय सभा दुई दिनसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार