मैत्रीपूर्ण फुटवल प्रतियोगिता



धनगढी । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ शनिबार धनगढी जेसिज र सेती अञ्चल अस्पतालका कर्मचारीबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको छ ।
धनगढी रंगशालामा भएको खेलमा सेती अञ्चल अस्पतालले धनगढी जेसीजलाई ३–२ गोल अन्तरले हराएको छ ।
सेती अञ्चल अस्पतालका सन्तोष डिसी उत्कृष्ट गोलकर्ता र रमेश शाही उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिता समापनका अवसरमा धनगढी जेसीजका अध्यक्ष यज्ञराज ओझाले ट्रफी तथा खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्