२९ कार्तिक २०८१, बिहीबार

स्टेपिङको रजत जयन्ती



धनगढी । धनगढीस्थित स्टेपिङ स्टोन स्कुलले शुक्रबार विविध कार्यक्रमसहित विद्यालयको रजत जयन्ती मनाएको छ ।
समारोहको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गरे ।
सो अवसरमा मेयर वडले स्टेपिङ स्टोन स्कूल अरुका लागि पनि प्रेरणा भएको चर्चा गरे ।
शिक्षाविद प्राध्यापक डाक्टर हेमराज पन्तले स्टेपिङ स्टोन स्कूलले शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताए ।
सो अवसरमा प्राध्यापक सुरेन्द्र चन्द, पश्चिम सेती कलेजका प्राचार्य यादवराज जोशी, सिपी अस्पतालका सञ्चालक सिपी पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामजी हमालले प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरू सिया सिंह, दिक्षा रिजाल, अस्मिता पाण्डे, तुसार उप्रेती, हेम भण्डारी र जानवी भण्डारीले गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष किरण शाहको अध्यातामा सञ्चालन भएको कार्यक्रमा शिक्षक यादव भट्टले स्वागत गरेका थिए ।
समारोहमा ऐश्वर्य विद्या निकेतनका प्राचार्य धर्मदेव भट्ट सहित १० जनालाई सम्मान गरियो ।
सम्मानित हुनेमा मदन पुरस्कार विजेता रामलाल जोशी, समाजसेवी बद्रिप्रसाद भण्डारी, कैलाली मोडेल इन्स्टिच्युटका सञ्चालक मदनराज भट्ट, महाकाव्यकार मनिराज जोशी, साहित्यकार पदमराज जोशी, शिक्षाविद् शिवहरि मुडभरी, एसपीए क्याम्पसका प्रबन्ध निर्देशक सुवासबिक्रम शाही, खेलकुद क्षेत्रका सुरेश हमाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार