१२ श्रावण २०८१, शनिबार

महिला स्वयंसेविकालाई स्मार्ट फोन



जानकी । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोवाइल फोन प्रदान गरेको छ ।
वडा कार्यालयले बिहीबार आयोजना गरेको एक कार्यक्रममा ११ जना स्वयंसेविकालाई स्मार्ट फोन प्रदान गरियो । वडा कार्यालयले एक लाख २१ हजार रुपैयाँको लागतमा स्मार्ट फोन खरिद गरी वितरण गरिएको जनाएको छ ।
कार्यक्रम वडा अध्यक्ष खकेन्द्र भण्डारीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा पूर्व सभासद् सुक्दैया चौधरी, वडा सदस्य कल्पना खड्का, शेरबहादुर सुनार, सुनकोशा सार्की, अविलाल सलामीमगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार