जुनियर च्याम्पियनसीप हुँदै



धनगढी । धनगढीमा जुनियर च्याम्यिनसीप फुटवल प्रतियोगिता हुने भएको छ । फारवेष्ट पशुपति युवा क्लवको आयोजनामा सो प्रतियोगिता हुने जनाइएको छ ।
क्लवले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा छात्रतर्फ ३२ र छात्रातर्फ १२ वटा टिमको सहभागिता रहने जानकारी दिइयो ।
क्लवका अध्यक्ष खेम रावतले प्रतियोगिता विजेतालाई ५०/५० हजार तथा उपविजेतालाई २५/२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए ।
कार्यक्रममा गत मंसिरमा धनगढीमा आयोजित ग्यालेक्सी पब्लिक स्कुल तेस्रो फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरियो ।
सो अवसरमा प्रतियोगितामा भएको १६ लाख १६ हजार रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरियो ।
प्रतियोगिताको मुख्य प्रायोजक ग्यालेक्सी पब्लिक स्कुलबाट एक लाख ५० हजार, धनगढी उपमहानगरपालिकाबाट एक लाख ५१ हजार रुपैयाँ प्राप्त भएको थियो । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्