एमबीएस सेमेस्टर प्रणालीबारे अभिमुखीकरण



धनगढी । सुदूरपश्चिमाञ्चल क्याम्पसमा यसै शैक्षिक सत्रबाट शुरु हुन लागेको एमबीएसको सेमेष्टर प्रणालीबारे विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको छ ।
कार्यक्रममा एमबीएसमा अध्ययन गर्न इच्छुक ४० जना विद्यार्थीको सहभागिता थियो । सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रबहादुर शाहीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको प्रतिवद्धतासहित एसपिएले एमबीएस कार्यक्रम ल्याएको बताए ।
क्याम्पस प्रमुख पुष्पराज जोशीले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा उपप्राध्यापक लोकेश तिमिल्सनाले विद्यार्थीहरूका जिज्ञासाको उत्तर दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्