नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको १० औं केन्द्रीय सभा धनगढीमा
धनगढी । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको १० औं केन्द्रीय सभा शुक्रबार धनगढीको ओम प्यालेसमा हुने भएको छ ।
सो सभाको उद्घाटन नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले गर्ने कार्यक्रम रहेको बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जलविद्युतमा आतमनिर्भर, उपलब्धिको रक्षा, संस्था तथा कर्मचारीहरुको समुन्नत भविष्यका लागि नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन आजको आवश्यकता भन्ने मूल नाराका साथ समारोहको उद्घाटन गरिने युनियनका केन्द्रिय अध्यक्ष रामेश्वर पौडेलले जानकारी दिए ।
उक्त कार्यक्रममा नेकपा एमालेका सचिव एवं पुर्ब उर्जामन्त्री गोकर्ण विष्ट, नेकपा माओवादी केन्द्रका नेता एवं पुर्ब उर्जामन्त्री टोपबहादुर रायमाभली, पेशागत ममहासंघ नेपाल राष्ट्रिय समिति अध्यक्ष विश्वनाथ प्याकुरेल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रमको पुर्बसन्ध्यामा शुक्रबार विहान ७ः३० बाट झाँकीसहित प्रभातफेरी र्यालीको आयोजना गरिनेछ । उक्त कार्यक्रममा सहभागिता जनाउन पुर्ब मेचीदेखि पश्चिम महाकालीसम्म प्रतिनिधि तथा पर्यबेक्षकसहित झण्डै एक हजार जनाको सहभागिता रहने जनाइएको छ ।