दुर्घटनामा एकको मृत्यु



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २, सडकपुर बौनियामा दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बर्दगोरिया गाउँपालिका वडा २ का करे सार्कीलाई ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ ।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ मुनुवाबाट आइरहेको से १ त ४४०९ नम्बरको ट्याक्टरले मोटरसाइकल रोकेर कुरा गरिरहेका सार्कीलाई ठक्कर दिएको जनाइएको छ ।
दुर्घटनामा दिनेश भण्डारीलाई सामान्य चोट लागेको छ । मोटरसाइकल वनटेस्ट रहेको ईलाका प्रहरी कार्यालय बौनियाका सहइञ्चार्ज रामचन्द्र पन्तले जानकारी दिए ।
ट्याक्टर चालक गोपाल विक र साहु प्रकाश विकलाई ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्