१८ आश्विन २०८१, शुक्रबार

भम्केनीमा महायज्ञ शुरु



कञ्चनपुर । महाकाली शारदापीठ जगतगुरु आश्रम भम्केनी धामको आयोजनामा सोमबारदेखि महायज्ञ सञ्चालन भएको छ ।
महायज्ञको मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा भम्केनी धामका महाकाली शारदापीठ जगदगुरु, केन्द्रीय प्रतिनिधि सभासद डाक्टर दीपकप्रकास भट्ट, प्रदेश सभा सदस्य प्रकाश रावल, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले जगतगुरुको प्रयासबाट मेची–महाकाली जोडने प्रयास भएको बताए । उनले धर्म संस्कृतिको जोर्गना गर्नु पर्ने पहिचान र अस्तित्व संरक्षणका लागि महायज्ञको गहन भूमिका रहेको चर्चा गरे ।
नेपाल आमाको ७५ फिट अग्लो मूर्ति बनाउन जगतगुरुले २०७२ बैशाख ५ गतेदेखि ७५ जिल्लाको पैदल यात्रा गरी एक घर एक रुपैयाँ अभियान सञ्चालन गरेका थिए ।
त्यस क्रममा जगतगुरुले महाकाली–मेची पैदल यात्राका दौरानमा एक करोड ८४ लाख, ७२ हजार रुपैयाँ संकलन गरेको जनाइएको छ ।
महायज्ञपछि नेपाल आमाको मूर्ति बनाउने कार्य शुरु हुनेछ । मूर्ति निर्माणका लागि १० करोड रुपैयाँ खर्च हुने पुरातात्विक विभागले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार