नेपाली समाज जापानको अध्यक्षमा थापा



टोकियो (जापान) । नेपालको सुदूरपश्चिम घर भइ रोजगारी तथा अध्ययनका क्रममा जापानमा रहेका नेपालीहरूको संगठन सुदूरपश्चिमेली नेपाली समाजको नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको आइतबार भएको पाँचौं महाधिवेशनबाट एकेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको प्रथम उपाध्यक्षमा मदन साउँद, द्वितीय उपाध्यक्षमा कृष कोइराला र तृतीय उपाध्यक्षमा दलबहादुर धामी चयन भएका छन् ।
त्यस्तै, महासचिवमा दिनेश अधिकारी, सचिवमा जयानन्द भट्ट, प्रकाशचन्द्र जोशी र रामु विष्ट तथा कोषाध्यक्षमा नृप कुँवर तथा सहकोषध्यक्षमा पुनम विष्ट चयन भएका छन् ।
त्यस्तै, सदस्यमा चेतमान रावल, पूर्ण जोशी, उज्ज्वलसिंह डडाल, प्रविण टेलर, भक्तराज जोशी र खेम ओझा चयन भएका छन् । समाजको यूवा संयोजनको जिम्मेवारी भैरव थापा र आस्था खत्रीले पाएका छन् ।
महाधिवेशनमा समाजले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषण गरेको छ । अक्षयकोषका लागि कार्यक्रमका प्रमुख अतिथि एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले एक लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्