११ श्रावण २०८१, शुक्रबार

पहिलो बैठकका केही रोचक पक्ष




– आइतबार दिउँसो १ बजे शुरु हुने भनिएको बैठक १:३५ तिर शुरु भयो ।
– सभामुखको भूमिका रहेकी ७४ वर्षीया सांसद दिव्यश्वरी शाहले बैठक शुरु गर्न खोज्दा तीन मिनेटसम्म खोकी लागेर केही कठिनाई भएको थियो ।
– वादी समूदायकी अगुवाका रूपमा परिचित सांसद उमा वादी सबैभन्दा ढिलो गरी बैठकमा आइपुगेकी थिइन् ।
– ठूलो दलको रूपमा सबैभन्दा पहिले बोल्ने मौका पाएका एमालेका सांसद प्रकाशबहादुर शाहले आमसभामा बोले जस्तो गरेर दुई पटक दर्शक दीर्घामा रहेका एमाले र माओवादीका नेताहरूलाई सम्बोधन गर्न भ्याए । उनको सम्बोधनमा नेताहरू मुसुमुसु हाँसेका थिए ।
– एमालेकी सांसद चुनकुमारी चौधरी थारू पोशाकमा संसदमा आएकीले सबैका आँखा उनीतिर सोझिएका थिए । सभाहल बाहिर पनि धेरैले उनको फोटो खिचेका थिए ।
– दर्शक दीर्घामा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावल, पूर्वमन्त्रीहरू लेखराज भट्ट र कर्णबहादुर थापा, सांसद प्रेम आलेमगर, पूर्व सांसदहरू महेश्वर पाठक र रामकुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
– प्रदेश संसदमा तीन जना मात्रै केन्द्रीय संसदको अनुभव लिइसकेका प्रदेश सांसद रहेका छन् । वीरमान चौधरी, भरतबहादुर खड्का र मालामती राना केन्द्रीय संसद सदस्य रहिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार