८८ वर्षीय बृद्धको संसद हेर्ने रहर



धनगढी । कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षलाई प्रदेश सभा (संसद) मा रुपान्तरण गरिउको छ । आइतबार संसदको पहिलो बैठक बस्यो । बैठक सकिएपछि सांसदहरू बाहिर आउँदै थिए । त्यत्तिकैमा एक जना बयोबृद्ध संसद हलभित्र छिरे । उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पसरोडका ८८ वर्षीय मन्धिर भट्टराई थिए ।
भित्र छिरेर उनले निकै कौतुहलताकासाथ चारैतिर अवलोकन गरे । उनको अनुहारमा कौतुहल तथा उत्साहको भाव स्पष्ट देखिन्थ्यो ।
उनी प्रदेश सभाको बैठक शुरु हुनुभन्दा पहिले देखि नै सभाकक्षबाहिर बसिरहेका थिए । बैठक सकिएपछि उनले आफूलाई थाम्न सकेनन् र सरासर भित्र पसे ।
केही बेर अवलोकन गरेपछि उनको प्रतिक्रिया थियो– अहिलेसम्म नजिकैबाट मन्त्री समेत हेर्न पाएका थिएन । अहिले संसद नै हेर्न पाए । संसद कक्ष निकै राम्रो पो हुँदो रहेन ।
जिल्ला समन्वय समितिको प्राङ्गणमा बसेर यस क्षेत्रका राजनीतिक दलका कार्यकर्ता, सर्वसाधारण, विषयगत कार्यालयका कर्मचारीहरु संसदहरुको बैठक सुनिरहेका थिए । सभाहलमा एउटा स्पिकर र टेलिभिजनको व्यवस्था गरिएको थियो । संसदहरुले बोलेका कुरा स्पिकरबाट सबैले सुनीरहेका थिए भने पर्खाल भएका कारण टिभीमा सांसदहरुलाई त्यहाँ उपस्थित सर्वसाधारणहरुले हेर्न पाएका थिएनन ।

प्रतिक्रिया दिनुहोस्