२९ पुष २०८१, सोमबार

ट्यालेन्ट हन्ट कार्यक्रम शुरु



धनगढी । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ट्यालेन्ट हन्ट कार्यक्रम आज (आइतबार) बाट शुरु हुने भएको छ ।
अक्सनमा आधारित प्रतियोगिताको दोस्रो संस्करणका लागि सुदूरपश्चिमका खेलाडीहरूलाई मौका दिने उद्देश्यले आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले ट्यालेन्ट हन्ट गर्न लागेको जनाएको छ ।
ट्यालेन्ट हन्टमा सहभागी जनाउन चाहने खेलाडीहरूले शनिबारसम्म धनगढी प्रिमियर लिगको अफिसियल वेवसाइट तथा धनगढी स्थित डिसीएको कार्यालयबाट फाराम लिइ भर्ने व्यवस्था गरेको थियो । ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमका १२ जना खेलाडीहरू छनोट गरिने र ती खेलाडीहरूबाट प्रत्येक टिमले एक जना खेलाडी लिने डिसिएका अध्यक्ष सुवास शाहीले बताए ।
ट्यालेन्ट हन्टमा खेलाडीको छनोट गर्न राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापा धनगढी पुगिसकेका छन् । छनोटमा परेको खेलाडीले डिपिएल अक्सनको समूह डी अन्तर्गत २५ हजार रुपैया पाउनेछन् । यसअघि आयोजकले सुदूरपश्चिमका एकजना खेलाडी प्रत्येक टिमले लिनैपर्ने प्रावधान तोकेको थियो ।
ट्यालेन्ट हन्ट सहित अन्य खेलाडीहरूका लागि भने आयोजकले यसअघि नै अक्सनको फाराम खोलिसकेको छ । नामदर्ता गराएका खेलाडीहरूलाई समेटेर आउादो फागुन ९ गते काठमाडौंमा खेलाडीको अक्सन हुने डिसिएले जनाएको छ ।
डीपिएल आगामी चैत्र १७ गतेबाट धनगढीमा हुँदैछ । प्रतियोगितामा टिम चौराह धनगढी, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपेन्देही च्यालेन्जर्स र विराटनगर किंग्सले सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार