युवा लक्षित कार्यक्रम हुँदै



धनगढी । राष्ट्रिक युवा परिषदको आयोजनामा आज (बुधबार) बाट धनगढीमा युवा लक्षित कार्यक्रम तथा युवा नीतिबारे छलफल हुँदैछ । कार्यक्रम भोलि (बिहीबार)सम्म सञ्चालन हुने जनाइएको छ ।
कार्यक्रममा प्रदेश नम्बर ६ र ७ का जिल्ला युवा परिषदका अध्यक्ष र कार्यालय प्रमुखहरूको सहभागिता रहने छ ।
राष्ट्रिय युवा परिषदले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रमबारे जानकारी गराइएको थियो ।
सो अवसरमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले ६ र ७ नम्बर प्रदेशका सबै जिल्लाका जिल्ला युवा परिषद अध्यक्ष र कार्यालय प्रमुखलाई आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराउन तथा सुझाव संकलन गर्नका लागि छलफल कार्यक्रम आयोजना गरिएको बताए ।
उनले रोजगारमूलक तालिम प्रदान गरिएका युवालाई सकेसम्म स्वदेशमै रोजगारी दिने वातावरण सिर्जना गरिने बताए ।
कार्यक्रम कैलाली जिल्ला युवा परिषदका अध्यक्ष शम्भु कुँवरको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्