क्यास्पियन कप २०७४ : उपाधिका लागि ऐश्वर्य र कैलाली विद्या निकेतन भिड्दै



धनगढी । धनगढीमा जारी क्यास्पियन कप २०७४ को उपाधिका लागि आज ऐश्वर्य विद्या निकेतन र कैलाली विद्या निकेतन भिड्दै छन् ।
ऐश्वर्य विद्या निकेतन यसअधि लगातार दुई पटकको क्यास्पियन कप क्रिकेट विजेता हो । ऐश्वर्यले सेमिफाइनलमा ज्ञान निकेतनलाई पराजित गरेको थियो ।
त्यस्तै, कैलाली विद्या निकेतनले सेमिफाइनलमा स्टेपिङ स्टोनलाई हराएको थियो ।
प्रतियोगिताको विजेताले २५ हजार तथा उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्यास्पियन एकेडेमीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्