ब्रह्मकुमारीद्वारा प्रदेश सांसदद्वयको स्वागत तथा सम्मान



धनगढी । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीले प्रदेश नम्बर ७ का दुई जना प्रदेश सांसदलाई बिहीबार स्वागत तथा सम्मान गरेको छ ।
विश्वविद्यालयले बिहीबार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा प्रदेश सभा सदस्यद्वय टेकबहादुर रैका र देवराज पाठकलाई स्वागत, अभिनन्दन तथा सम्मान गरेको छ ।
प्रदेश सभा सदस्य रैका र पाठकलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीकी प्रमुख हिरा दिदीले स्वागत तथा सम्मान गरेकी थिइन् ।
सो अवसरमा प्रदेश सभा सदस्य रैकाले प्रदेशको आर्थिक, सामाजिक, शैक्षिक विकास तथा विभेदमुक्त समाज निर्माणका लागि आफू अझै बढी क्रियाशील भएर लाग्ने बताए ।
प्रदेश सभा सदस्य पाठकले जनताको आशा अपेक्षा धेरै रहेकाले आफ्नो कार्यकालमा केही उदाहरणीय काम गरेर देखाउने बताए ।
कार्यक्रमको सञ्चालन हेमराज भण्डारीले गरेका थिए ।
त्यस्तै, प्रदेश सभा सदस्य रैकालाई धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बेला, वडा नम्बर १५ को शान्तिकटान, वडा नम्बर १६ उर्माको व्युसाह, वडा नम्बर १७ को सरौटा, डंगौलिया, रामपुर र गोदावरी नगरपालिकाको वडा नम्बर ९ सेरीमा रहेका दलित तथा वडावासीहरूले पनि स्वागत, अभिनन्दन तथा सम्मान गरेका छन् ।
वडा नम्बर १७ मा वडा अध्यक्ष माधव राना, वडा ११ मा दीर्घ सुनार, वडा १६ मा रामबहादुर पार्की र गोदावरी नगरपालिका–९, सेरीमा मनिदेवी कामी लगायतले प्रदेश सभा सदस्य रैकाको स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्