१२ श्रावण २०८१, शनिबार

फायाको स्थापना दिवस



धनगढी । फाया नेपालले २४ औं स्थापना दिवस धनगढीस्थित मदरसा गौसिया गरिब नवाजका बालबालिकाहरूको सहभागितामा बुधबार विविध कार्यक्रमसहित मनाएको छ ।
यस क्रममा चित्रकला प्रतियोगिता सहितका कार्यक्रम भएका थिए । प्रयोगिताका विजेता विद्यार्थीहरूलाई धनगढी उपमहानगरपालिका वडा नम्बर २ का सचिव हेमराज भण्डारीले पुरस्कार वितरण गरेका थिए ।
स्थापना दिवसका अवसरमा सो विद्यालयका ९५ जना विद्यार्थीलाई कापी, पेन्सील, डटपेन, साईनपेन, कार्पेट, म्याटहरू वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष शेरबहादुर बस्नेत र नीति तथा साझेदार संयोजक धनपति ढुंगेलले विद्यालयका अध्यक्ष अब्दुल मन्नान अन्सारी र प्रधानाध्यापक मोहम्मद कली मुल्ला मन्सुरीलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।
त्यसैगरी, धनगढी–५, हसनपुरमा रहेको पञ्चोदय उमाविलाई २० लिटरका १५ वटा प्लास्टीकका वाल्टीन, दुई वटा स्टील र्‍याक, दुई वटा सेतोबोर्ड, र दुई वटा सफ्ट वोर्ड प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष बस्नेतले विद्यालयका प्राचार्य पदमसिंह कुँवरलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।
त्यस्तै, मनेहरा स्थित सरस्वती माविलाई २० लिटरका प्लास्टीकका १० वाल्टीन, दुई वटा स्टील र्‍याक र दुई वटा सेतोबोर्ड संस्थाका सचिव लोकराज भट्टले विद्यालयका निमित्त प्रधानाध्यपक दीर्घराज ओझालाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार