१२ श्रावण २०८१, शनिबार

तीन लघु चलचित्रको च्यारिटी शो हुँदै



धनगढी । जातीय छुवाछूत, चेलिबेटी बेचबिखन लगायत कथावस्तुमा आधारित तीन वटा लघु चलचित्रको धनगढीमा च्यारिटी शो हुने भएको छ ।
सनराइज पब्लिकेशनको व्यानरमा निर्मित चलचित्र छोइछिटो, कोपिला र कमाको च्यारिटी शो गरिने चलचित्र निर्देशक करन विकले बताए ।
च्यारिटी शोका लागि दुई सय र पाँच सय रुपैयाँको टिकट बिक्री गरिने उनले बताए । च्यारिटी शोबाट प्रर्दशनबाट संकलित रकमबाट धनगढीस्थित आमाको माया छात्रावास र टिम अत्तरियालाई १०–१० प्रतिशत रकम प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार