५ कार्तिक २०८१, सोमबार

अभिमुखीकरण कार्यक्रम



धनगढी । संघीयतामा जनस्वास्थ्य व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम कैलालीको टीकापुरमा मंगलबार सम्पन्न भएको छ ।
संघियतामा स्थानीय तहमा स्वास्थ्य सम्बन्धी देखिने समस्या, चुनौति र अवसर लगायतका विषयमा जानकारी गराउन नेपालमै पहिलो पटक ७ नम्बर प्रदेशबाट कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयले उक्त गोष्ठी आयोजना गरेको हो ।
गोष्ठीमा कैलालीको एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउपालिकाका स्वास्थ्य संयोजक र सह–संयोजकहरूको सहभागिता रहेको थियो ।
सो गोष्ठीमा कैलाली वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाई, जनस्वास्थ्य निरिक्षक महेश चन्द, परिवार नियोजन सुपरिवेक्षक सुर्य विष्ट, एएचएफ नेपालका माधव पन्त, सेभ द चिल्ड्रेनका केशव भट्ट, सुआहारका नरबहादुर विश्वकर्मा, जिआईजेडका तिर्थ सिनाहा लगायतले सहभागिलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार