जनपुस्तकालयको ६१ औं वार्षिकोत्सव



धनगढी । कैलाली जनपुस्तकालयको ६१ औं वार्षिकोत्सव सोमबार विविध कार्यक्रमसहित मनाइएको छ ।
कार्यक्रमको प्रदेश प्रमुख मोहनराज मल्लले एक समारोहबीच उद्घाटन गरेका थिए । कार्यक्रम जनपुस्तकाल व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त जोशीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा पुरस्कार वितरण, सम्मान र रचना वाचन गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सांसद डिल्लीराज पन्त र टेकबहादुर रैका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा जनपुस्तकालयले चार जनालाई सम्मान गरेको छ । त्यस्तै समाजसेवी, साहित्यकार तथा पत्रकार गरी अन्य नौ जनालाई पनि सम्मान गरिएको छ ।
जनपुस्तकालयले हरिलाल गिरीलाई कैलाली जनपुस्तकालय पुरस्कार २०७४, कवि भालचन्द्र भण्डारीलाई दिनानाथ राष्ट्रिय प्रतिभा पुरस्कार, डाक्टर विद्याप्रसाद पन्तलाई भोजराज– हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार र कवि डिल्लीराज ओझालाई यज्ञराज यात्री राष्ट्रिय साहित्य साधना पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै, डाक्टर गोविन्दराज जोशी, विमला पन्त ओझा, सांसद टेकबहादुर रैका, डाक्टर शिवदत्त जोशी, प्रभातकुमार चौधरी, पत्रकार टेकराज जोशी, हेमन्त पौडेल र कर्ण शाह, तथा सुवास शाहीलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्