ह्विलचियर वितरण



बौनिया । कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावलले अपाङ्गता भएका चार जनालाई ह्विलचियर वितरण गरेका छन् ।
बदैगोरिया गाउँपालिकामा आयोजित एक कार्यक्रममा सांसद रावलले चार जनालाई ह्विलचियर प्रदान गरे । उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भेटिएका अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचियर प्रदान गरेको बताए ।
सो अवसरमा लम्कीचुहा नगरपालिका–२ का आसुतोष चौधरी, ३ का पदम आउजी, जानकी गाउँपालिका–३ का गुल्फी चौधरी र बर्दगोरिया गाउँपालिकाका दिलबहादुर ओलीलाई एक– एक थान व्हील चियर प्रदान गरियो ।
सांसद रावलले आफ्नै लगानीबाट ती सामग्री खरिद गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्