२९ पुष २०८१, सोमबार

प्रदेशमा सचिव सहित कर्मचारी खटिए



काठमाडौं । सरकारले प्रदेश प्रमुखको कार्यालयका लागि कर्मचारी खटाएको छ । सरकारले सहसचिवलाई प्रदेश प्रमुखको कार्यालयमा सचिवमा रुपमा खटाएको छ ।
सातै वटा प्रदेश प्रमुखको कार्यालयका लागि सामान्य मन्त्रालयले शनिबार ९१ जना कर्मचारी खटाएको जनाइएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी सचिवका रुपमा कार्यरत रहने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले बताए ।
प्रदेश नम्बर ७ मा युवराज सुवेदीलाई खटाइएको छ । त्यस्तै, प्रदेश नम्बर १ रामकृष्ण गुरागाईं, २ मा लावण्यकुमार ढकाल, ३ मा चतुर्भुज ज्ञवाली, ४ मा देवीप्रसाद ज्ञवाली, ५ मा सनतकुमार दवाडी र प्रदेश नम्बर ७ मा भरतबहादुर ढुंगानालाई खटाइएको सामान्य मन्त्रालयले जनाएको छ ।
हरेक प्रदेश प्रमुखको कार्यालयमा एक जना सचिव, दुई उपसचिव, सात जना अधिकृत, दुई जना नायब सुब्बा, एक जना कम्यूटर अपरेटर, तीन जना सवारी चालक र दुई जना कार्यालय सहयोगीको दरबन्दी तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार