६ कार्तिक २०८१, मंगलवार

डोटीका आन्दोलनकर्मीलाई गड्सेरी माइलाको अपिल



प्रिय दिपायल !
तिमीले विगत ३,४ वर्ष देखि नै प्रादेशिक राजधानी यहीँ हुनुपर्छ भन्ने अभिमत जाहेर गरिरह्याै । १५० वर्ष अघिकाे डाेटी गाैडाकाे इतिहास र ३८ वर्ष अघिकाे क्षेत्रीय सदरमुकाम काे इतिहास धुलिसात पार्न खाेजिएकाेमा तिम्राे मन नराम्ररी भाँचिएको हुनुपर्छ । यसरी अाफ्नाे इतिहास ,पहिचान र विरासत काे बलि चढाउनु पर्छ भनी जानेकाे भए तिमी अखन्ड अान्दोलन मा बिर्सिएर पनि लाग्ने थिएनौं ।
अहिले पनि विगत २०,२५ दिन देखि जीवन मरणकाे लडाइँमा छाै तिमी ।तर अस्थाई राजधानी ताेकिदां देखिने कारण भन्दा नदेखिने कारण हावि रह्याे सायद । अस्थाई राजधानी त्यहाँ ताेकियाे जहाँ पहिले देखि नै सेवा,सुविधा र अाकर्षण माैजुद छ ।
प्रिय दिपायल ! तिमीले साेचेकाे हुनपर्छ । दुर्गम र विकट लाई प्राथमिकता दिन कै निम्ति,त्यहाँ सेवा सुविधा पुराउन कै निम्ति संघीयता ल्याइएको हुंदा हाम्राे इच्छा विपरीत निर्णय हुने छैन ।
तर त्यसाे भएन,किन थाहा छ ? प्रदेश स्तरकाे राजनीति गर्ने अलि उपल्लो स्तरका हुन्छन् । ती पहाडकाे दुःख र असुविधा खेप्न सक्दैनन् । तिनलाई रिलेक्स गर्न तारे हाेटेलकाे सुविधा चाहिन्छ । मार्केटिङ गर्न लखनउ ,बरेली,लखिमपुर नजिक पर्छन् ।प्रदेश स्तरकाे राजनीति गरिसके पछि पहाड बस्न पनि भएन । तराईमा घर घडेरी जाेडेर बस्न पराे । यसाे गर्न तराईमा राजधानी राखे पछि मात्रै सजिलाे हुने भाे ।
सभासदहरू बुझक्की रहेछन् ,दुरदर्शी रहेछन् भने केही फरक निर्णय अाउला भन्ने अाश गराै । त्यसाे नभए पनि एउटाे असफलता बाटै जीवनकाे गति राेकिन्न । राेक्न हुन्न । अन्य विकल्प काे खाेजी गर्न पर्छ र त्यसका लागि तयार रहन पर्छ ।
प्रदेशसभामा पहाडका ७ जिल्लाकाे प्रतिनिधित्व तराइका २ जिल्ला बराबर हाेस् । मध्य पहाडी लाेकमार्ग शिघ्र बनाेस् । पश्चिम सेती शिघ्र निर्माण हाेस् । खुटिया- दिपायल फास्ट ट्रयाक शिघ्र बनाेस् । दिपायल-बझाङ हुदै मानसरोवर जाने मार्ग शिघ्र निर्माण हाेस् । बडी मालिका-खप्तड -तपाेवन पर्यटन लाई अझै गति दिन सकियोस् । डडेलधुरा -दार्चुला -बाजुरा- बझाङ मा जडिबुटी तथा फलफुल प्रशाेधन केन्द्र खाेलियाेस् । अब का हाम्रा प्रयास यतातर्फ लक्षित गराउन सकियो भने पहाड काे कायापलट गर्न सकिनेछ ।
प्रिय दिपायल ! अब हामी सकियाै भन्ने ढंगले अात्मघाती बाटो अख्तियार गर्न हुन्न । निरन्तर काे बन्दबाट अाफ्नै सहकर्मी ,अाफ्नै सहयात्री बझाङ ,बाजुरा र अछाम लाई अप्ठेराेमा पार्न हुन्न,उनीहरूलाई अाफु प्रति नकारात्मक बनाउन हुन्न । दिपायल अथवा डाेटी बन्दले तराई लाई केही पनि असर गर्दैन ,असर गर्ने पहाडलाइ नै हाे । यस सच्चाइलाइ महसुस गर ।
दिपायल मै अस्थाई मुकाम ताेकिएकाे भए तिमी कति खुशी हुन्थ्याै हाेला ? सायद ३ दिनसम्म त दिपावली नै हुन्थ्यो हाेला। नाच,गान,बजान त कति हुन्थ्यो कति । ड्याैडा ,हुड्केली मार्फत् कति खुशी जाहेर गर्थ्यौ कति ।जसलाई खुशी बनाउन पर्थ्याे,जाे हर्षित हुन्थ्यो ,उसलाई खुशी बनाइएन,उसलाई हर्षमा पारिएन । बिडम्बना जसले खुशी प्रकट गरेन,गर्न जानेन । जसले दिल खाेलेर स्वागत गरेन,गर्न जानेन । सर्वथा उदासिन रह्यो, उसैलाई खुशी बनाउने प्रयत्न गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार