२८ पुष २०८१, आईतवार

छ लेन सडक निर्माणमा जनसरोकार बढ्दै : दृष्टिबिहीनहरूले भने– सडकको चौडाई घटाउन पाइन्न



धनगढी । कैलालीको मोहना पुल–अत्तरिया छ लेन सडकको चौडाई नघटाउन दृष्टिबिहीनहरूले माग गरेका छन् ।
युवा दबाव समुहका संयोजक, दृष्टिबिहीन अर्जुन रावलले केही व्यक्तिहरूले छ लेन सडकको चौडाई घटाउन चलखेल गरिरहेकोले दबाव अभियान शुरु गर्नुपरेको बताए ।
मोहनापुल–अत्तरिया छ लेन सडकको सिमाना ५० मीटरभित्र रहेका भौतिक संरचना भत्काउन अटेरी गर्दै केही व्यक्तिले चलखेल गरिरहेकोले दबावमूलक आन्दोलन गर्नुपरेको उनले बताए ।
सो छ लेनको सडकको चौडाई घटाउन माग गर्दै केही व्यक्तिले सर्वोच्च अदालतमा रिट दिएका छन् ।
‘केही व्यक्तिहरू सडकको सिमानाभित्र रहेका आफ्ना भौतिक संरचना हटाउन अटेर गरेर उल्टै सडकको चौडाई घटाउने चलखेलमा लागेका छन्’ अर्जुनले बिहीबार अनुमोदनसंग भने–सो सडकको चौडाई यथावत रहँदा केही व्यक्तिलाई घाटा होला, तर हजारौंले फाइदा पाउने छन्, शहरको विकासमा ठूलो सघाउ पुग्ने छ ।
युवा दबाव समुहले मोहनापुल–अत्तरिया छ लेन सडकको चौडाई यथावत राख्न माग गर्दै आज (शुक्रबार) धनगढी बन्दको घोषणा गरेका छन् ।
यसअघि उनीहरूले सो सडकको चौडाई घटाउने चलखेल विरुद्ध धनगढीमा प्रदर्शन गरेका थिए ।
उनीहरुले विकासको पक्षमा गरिएको वन्दलाई सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन । आफुहरु विकासको पक्षमा रहेको र विकासका काम रोक्न नहुने भन्दै धनगढी वन्द गर्न लागेको युवा दवाव समुहका संयोजक रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार