२७ आश्विन २०८१, आईतवार

नर्सहरूको आन्दोलन : दैनिक आठ घन्टा काम ठप्प



धनगढी । एक सातादेखि आन्दोलन गरिरहेका कैलालीका सरकारी अस्पतालका नर्सहरूले बिहीबारदेखि दैनिक आठ घन्टा काम बन्द गरेका छन् ।
११ बुँदे माग सहित नर्सहरू एक सातादेखि आन्दोलनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयले आफ्ना मागको सुनुवाई नगरेको भन्दै आन्दोलनरत नर्सहरूले बिहीबारदेखि तीन दिनसम्म बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म काम नगर्ने घोषणा गरेका छन् ।
नर्स यशोदा ढकालले तीन दिनभित्र पनि माग पूरा नभए माघ ७ गतेदेखि २४ घन्टा नै काम नगर्ने बताइन् ।
नर्सहरूले मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्काशन गरिएका नर्सिङ कर्मचारीहरूलाई बिनासर्त पुनर्बहाली गर्नुपर्ने, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गर्नुपर्ने, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नु पर्ने माग राखेका छन् ।
त्यस्तै, सरकारी अस्पतालका नर्सहरूलाई उपलब्ध गराइरहेको न्यूनतम तलवभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार