१० श्रावण २०८१, बिहीबार

हिउँदे अाेलम्पिक्समा अाेलम्पिक ज्याेति बाेक्दै नेपाली चेली



काठमाडौं ।  दक्षिण काेरियामा फेब्रुअरी ९ बाट सुरु हुने हिउँदे अाेलम्पिक्समा अाेलम्पिक ज्याेति बाेक्नकाे लागि एक नेपाली चेली पनि छानिएकी छिन् ।
हाल परिवारसँग अष्ट्रेलियाकाे न्यू साउथ वेल्समा बस्दै अाइरहेकी काठमाण्डाैकी १४ वर्षीया दिक्षा रावल उक्त छनाैटमा परेकी हुन् । उनलार्इ सामसुङ कम्पनीले अन्य तीन जना अष्ट्रेलियन नागरिकसहित अाेलम्पिक टर्च रिलेका लागि छनाैट गरेकाे हाे । विश्वभरिबाट उक्त रिलेमा ७ हजार ५ सय व्यक्तिहरू सहभागी हुँदैछन् ।
परम्परा अनुसार अाेलम्पिक ज्याेति ग्रीसकाे अाेलम्पियाबाट अाेलम्पिक खेलकुद स्थलसम्म बाेकेर ल्याइने चलन छ । यसपटक २४ अक्टाेबर २०१७ मा सुरु भएकाे मानव रिलेमार्फत् अाेलम्पिक ज्याेति फेब्रुअरी ९ मा दक्षिण काेरियाकाे प्याेङ्चाङ ल्याइपुर्‍याइने छ ।
अष्ट्रेलियाली अन्य तीन वैज्ञानिक अनुसन्धानकर्ता, ठूला व्यापारी र समाजसेवी छनाैटमा पर्दा अाफ्नाे १४ वर्षीया स्कुल पढ्दै गरेकी छाेरी पनि अाेलम्पिक ज्याेति बाहककाे रूपमा चयन भएपछि बुबा यज्ञ रावल र अामा जानकी बिष्ट रावल हर्षले मख्ख परेका छन् । रावल परिवार कैलालीको प्रतापपुरका स्थायी बासिन्दा समेत हुन ।

-हिमालयटिभी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार