६ कार्तिक २०८१, मंगलवार

प्रदेश सभा सदस्य रैकाको स्वागत तथा सम्मान



धनगढी । चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठान धनगढीले प्रदेश सभा सदस्य टेकबहादुर रैकालाई शनिबार धनगढीमा स्वागत, बधाई तथा सम्मान गरेको छ ।
प्रदेश सभा सदस्य रैका चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानका सल्लाहकार संयोजक समेत रहेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रेम विक र उपाध्यक्ष छत्रबहादुर टेलरले स्वागत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरे ।
सोही अवसरमा प्रतिष्ठानले धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओडलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य रैकाले प्रदेश नम्बर ७ को आर्थिक, सामाजिक एवं शैक्षिक विकासका लािग आफू सधैं इमान्दारिपूर्वक लागि रहने बताइन् । उनले दलित सहित पछाडि पारिएका सीमान्तकृत समुदायको अधिकार स्थापित गर्न आफू अझ बढि क्रियाशील हुने बताए ।
कार्यक्रममा नेपाली काँगेस, कैलालीका सदस्य नृप सुनार, बुद्धिजीवी वसन्त बागचन्द, नेपाल दलित संघका केन्दीय उपाध्यक्ष छत्रबहादुर टेलर, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका वरिष्ठ उपाध्यक्ष मनिराम देवल, दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली, नारी उत्थान मञ्चका अध्यक्ष निर्मला वागचन्द, चन्द्रोदय माविका पूर्व प्रधानाध्यापक रोहितप्रसाद खैर, शिक्षक विर्षलाल विक लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रेम विकको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र रैकाले गरेका थिए भने निर्मल रैकाले प्रदेश सभा सदस्य रैकाको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार