११ श्रावण २०८१, शुक्रबार

ब्राउन सुगरसहित तीन जना पक्राउ



धनगढी । कैलालीको धनगढीमा शनिबार प्रहरीले तीन जना ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २२ वर्षीय रवि बम, २१ वर्षीय रामकृष्ण बोहरा र धनगढी वडा नम्बर २ का २२ वर्षीय अनिल सिंहलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरूलाई धनगढी वडा नम्बर ४ चौराहस्थित कान्तिपुर क्याफे अगाडिबाट पक्राउ गरेको जनाएको छ ।
युके ०७ एएस ५५८० नम्बरको भारतीय मोटरसाईकला र से ३ प ६२०६ नम्बरको मोटरसाईकल रोकेर बसिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
उनीहरूसंग तीन ग्राम एक मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार