११ आश्विन २०७९, मंगलवार

जातीय विभेद अन्त्यका लागि पहल गर्छु– प्रदेश सांसद उमा



टीकापुर । प्रदेश सभा सदस्य उमादेवी वादीले जातीय विभेद न्यूनीकरणका लागि सधैं पहल गर्ने बताएकी छन् ।
शनिबार टीकापुरमा पत्रकारहरूसँगको कुराकानीमा प्रदेश सभा सदस्य वादीले शताब्दीयौंदेखि विभेदमा रहेको वादी समुदाय र दलित समुदायलाई समान व्यवहार गर्न पहल गर्ने बताइन् । उनले राज्यको व्यवहारमा सुधार गर्न तथा सरकारले वादी समुदायसँग विगतमा गरेको सहमति कार्यान्वयन गर्न गराउन आफ्नो प्रयास रहने बताइन् ।
उनले टीकापुरको समग्र विकासका लागि सबैसँग मिलेर काम गर्ने बताइन् । वादी समुदायबाट पहिलो सांसद बनेकी उमाले वादी समुदायको अधिकार, महिला अधिकार, बालअधिकारका साथै वादी महिलाले बाध्यताबस अँगाल्नु परेको यौनपेसा जस्तो घृणित कार्यको अन्त्यका लागि सधैं संघर्ष गरिरहने बताइन् ।

प्रतिक्रिया दिनुहोस्