३ आश्विन २०८१, बिहीबार

मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलमा चापागाईं



इजरायल । मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन विविध कार्यक्रम सहित सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मतरुपमा दीया चापागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
शुक्रबार साझ इजरायलको तेलअभिवमा सो अधिवेशन भएको थियो । मातृभूमिका लागि पर्वत सेवा समाज रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालको पर्वत जिल्लाका पर्वेतली आबद्ध संस्था हो ।
नवगठीत नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुशुम कुमाल, उपाध्यक्षमा ज्योति शर्मा, महासचिवमा हिरा श्रेष्ठ र कोषाध्यक्षमा नारायण गौडेल रहेका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा शान्ता सुवेडी, रमा जोशी, राधा जोशी, मञ्जु गुरुङ, शुसील हमाल र सरस्वती लामिछाने चयन भएका छन् भने सल्लाहकारमा नरेन्द्र क्षेत्री, ओबी भूसाल र रामचन्द्र लामिछाने चयन भएका छन् ।
अधिवेशनले सल्लाहकार क्षेत्रीलाई संरक्षक अध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय संयोजक र उपाध्यक्ष शर्मालाई अन्तर्राष्ट्रिय समन्वय सहसंयोजकको जिम्मेवारी समेत दिएको छ ।
इजरायलस्थित विभिन्न संघसंस्था, कलाकारहरुको उल्लेख्यिय उपस्थिती रहेको सो कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख हरिहरकान्त पौडेल प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथिमा गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष छिरिङ शेर्पा र गैरआवासीय नेपाली संघ इजरायलका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य दीपकप्रसाद ओली रहेका थिए ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मातृभूमिका लागि पर्वत सेवा समाजले आफ्नो जन्मभूमिका लागि धेरै राम्रा रचनात्मक कार्य गर्ने गरेको र आउँदा दिनमा अझै सक्रिय भएर काम गर्न सुझाव दिए ।
उनले भने– ‘कामको सिलसिलामा विश्वको जुनसुकै मुलुकमा रहेको भएपनि हरेक नेपाली नागरिकले आफ्नो गाउँठाउँको विकासनिर्माणका लागि सकेको र जानेको सहयोग गर्नुपर्ने दायित्व हुन्छ, त्यसका लागि मातृभूमिका लागि पर्वत सेवा समाज गतिलो उदाहरण रहेको छ ।’
नवनिर्वाचित अध्यक्ष चापागाईंले आफूले सबैसँग सरसल्लाह एबम् समन्वय गरेर काम गर्ने बताएकी छन् । उनले आफू मातहतको समितिलाई आवश्यक पर्ने सहयोग र सल्लाह दिई सहयोग गरिदिनहुन सबैलाई आग्रह समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार