८ कार्तिक २०८१, बिहीबार

प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने



अत्तरिया । कैलालीको अत्तरियामा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको आयोजनामा आउँदो माघ ४ गते १३ गतेसम्म प्रदेशस्तरीय लक्ष्मी कत्था (डिएलएमसि) कप हुने प्रतियोगिताका खेल संयोजक सन्तोष भट्टले जानकारी दिए ।
सुदूरपश्चिमको खेलकुद बिकास र बिद्यार्थीहरूलाई पढाईसंगै खेल तर्फ आर्कषित गर्न सुदुरपश्चिमभर छरिएर रहेका बिभिन्न स्कुल र क्याम्पसको टिम सहभागी रहने प्रतियोगिताको तयारी सुरु भईसकेको उनले बताए ।
प्रतियोगिताको मुख्य प्रयोजकका रुपमा गोदावरी नगरपालिकाको बडा नं ५ मा रहेको लक्ष्मी कत्था उधोग रहने छ भने बाकि सह प्रयोजक र अन्य सहयोगिहरूको खोजी भैरहेको उनले बताए ।
गोदावरी नगरपालिकाको बडा नं २ तेघरी स्थित बिवाईसी खेल मैदानमा १० दिन सम्म चल्ने यस प्रतियोगितामा बिशुद्ध बिद्यालय एबम् क्यापसमा अध्यापन गर्ने नेपाली खेलाडीहरू सहभागि हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैया र उप बिजेतालाई ५५ हजार ५ सय ५५ रुपया नगद र ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने खेलका कोषाध्यक्ष डण्डीराज जोशीले जानकारी दिए । बिभिन्न बिधाका उत्कृष्टहरूलाई ५/५ हजारका दरले पुरस्कार प्रदान गरिने छ भने प्रत्येक खेलका म्यान अफ दि म्याचलाई २/२ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
प्रतयोगितामा प्रदेश नं ७ का बिभिन्न बिद्यालय र क्याम्पसवाट गरि १६ ओटा टिमको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार